पाइलट हो बिजय लामा हावामा उडीरहन्छ…दीप सुदीप

पाइलट हो बिजय लामा
हावामा उडीरहन्छ
सँगै सकारात्मक सोच
हावा सगै उडाएर
युवा हरूको मनसम्म पुर्याऊछ !

कलाकार हो बिजय लामा
वेथिति, अन्याय, अत्याचार विरूद्द
चेतना फैलाउछ
र त उ हलिउड हल्लाउछ
त्यसैले त
एक सफल योद्धा हो विजय लामा !

सञ्चारकर्मी हो विजय लामा
समाजका विभिन्न
विषय वस्तु माथि वहस चलाइरहन्छ
गितकार संगितकार हो विजय लामा
गित संगितको माध्यमले
प्रेमि प्रेमिकाको मुटु हल्लाइदिन्छ
त्यसैले त
एक सफल पुरूष हो विजय लामा !

खेलाडी हो विजय लामा
देशका लागि

एक स्वस्थ मुटुका लागि खेल्छ !

समाजसेवी हो विजय लामा
युवा हरूलाई समाजसेवा प्रती
जागरुक पार्दै
न्यानोपन छर्दै
देश विकासमा लाग्न
प्रेरणा,हौसला बढाउछ
त्यसैले त
एक राष्ट्रवादि अगुवा हो विजय लामा !

जनजातिको छोरो हो विजय लामा
तर उ
जातभात होइन
म नेपाली
हामी नेपाली
भन्नुमा गर्व गर्छ !

राष्ट्रसेवक हो विजय लामा
दशकौ देखि
आफ्नै राष्ट्रको
ध्वजाबाहक विमान उडाइरहेछ
त्यसैले त
एक राष्ट्रको वफादार सिपाहि हो विजय लामा ! !

दीप सुदीप
रामेछाप ८, वावियाखर्क

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.