फागुन २४, काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (मंगलबार) बिहान देशको पहाडी भू– भागमा आंशिक बदली ररेको छ।
बाँकी भू– भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने देशको पहाडी तथा हिमाली भू– भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भू– भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुनेछ। सुदूरपश्चिम, गण्डकी र प्रदेश– १ को पहाडी भू– भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, राती भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।

