‘सुसाइड’ नोट लेखेर आत्महत्या प्रयास गरेका एकै परिवारका चारजना अझै अचेत, एकको मृत्यु

फागुन २४, काठमाडौं । ‘सुसाइड’ नोट लखेर आत्महत्याको प्रयास गर्ने काठमाडौंमा एकै परिवारका पाँच जनाको पहिचान खुलेको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ ।

काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरु बोल्न नसक्ने अवस्थामा अचेत छन् ।

घाइेतेको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु नागार्जुन नगरपालिका –६ डाडापौवा स्थित दुई तले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । उनीहरुको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–१५ डल्लु रहेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरुले आत्महत्याको प्रयास गरेको हुनसक्ने देखिन्छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको छ । जहाँ उनीहरुले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । आर्थिक संकटमा परेर उनीहरुले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । घटनाबारे गएराति प्रहरीलाई खबर पुगेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.