रामेछापमा अनेरास्ववियुको संगठन विस्तार

फागुन २२, काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रामेछाप जिल्लाको संगठन विस्तारको क्रममा सुनापती गाउँपालिकाको दुई विद्यालयमा प्रारम्भिक कमिटि गठन गरेको छ ।

अनेरास्ववियु रामेछाप जिल्ला अध्यक्ष टक घतानी, सुनापती गाउँपालिका विद्यार्थी इन्चार्ज रिजन लामा, विद्यार्थी नेता सुमन थिङ र युवा संघ सुनापाती इन्चार्ज आकाश खड्काको उपस्थितिमा कमिटिहरु गठन गरेका हुन् । सोही अनुसार सुनापती गाउँपालिका स्थित श्री पशुपति मा बि सुनापती – ३ हिलेदेवीमा संगम योञ्जनको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन भएको छ । उपाध्यक्षमा समीर मोक्तान, सचिबमा देबेन्द्र खड्का, सहसचिवहरुमा युनिका श्रेष्ठ, मेलिना योन्जन, अञ्जली मोक्तान कोषाध्यक्षमा अभिलाषा खड्का गरि ४१ जना सदस्य रहेको प्रारम्भिक कमिटि निर्माण गरेको बताएको छ ।

त्यस्तै श्री मा. बि सुनापती –२ मन्दरमा रमिला रायमाझीको अध्यक्षतामा ३९ सदस्यीय कमिटि गठन भएको छ । उपाध्यक्षमा सलिन तामाङ, सचिबमा बिनिता रायमाझी , सहसचिवहरुमा सुन्दर रायमाझी, सन्तोसी रायमाझी, सुजिना तामाङ र कोषाध्यक्षमा बिनिता तामाङ गरि ३९ सदस्य कमिटी गठन गठन भएको अनेरास्ववियु रामेछापले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.