दमौलीको एक हार्डवेयर पसलमा भीषण आगलागी

फागुन २२, काठमाडौँ । तनहुँमा दमौली बजारको एक हार्डवेयर पसलमा भीषण आगलागी भएको छ । आइतबार विद्युत् लाइन सर्ट भएको भुपाल हार्डवेयरमा आगलागी भएको बताइएको छ ।

हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको स्थानीयले बताएका छन् । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको भइरहेको तनहुँ प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरणा आउन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.