नेकपा एकिकृत समाजवादी रोशीमा पार्टी वडा कार्यालय स्थापना

डिग श्रेष्ठ । 
फागुन २२, काठमाडौँ । नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला स्थित रोशी गाउँपालिका वडा नं. ३ कमिटिले वडा पार्टी कार्यालय स्थापना गरेको छ ।

शनिवार रोशी गाउँपालिका वडा नं. ३ स्थित छापमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला कमिटि सचिवालय सदस्य एवम् रोशी ईन्चार्ज लप्साङ लामाले पार्टी वडा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले निर्वाचन समाजवादको यात्रालाई शसक्त बनाउन वडा कमिटिको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । विकास निर्माण र परिवर्तनको पक्षधारहरुको विचार र समूहबाट स्थापना भएको पाटी नेकपा एकिकृत समाजवादीले सबैको हित र पक्षमा आवाज उठाउने बताएका छन् । उनले पार्टी तथा संगठनमा आवद्ध सदस्य तथा कार्यकर्तालाई कोही कसैबाट हस्ताक्षेप र दबाब आएको खण्डमा पाटीले संरक्षण गर्न तयार रहेको बताए ।

त्यस्तै समाजवादी प्रेस संगठन नेपाल काठमाडौँका अध्यक्ष भीम लामाले संगठनलाई बलियो बनाउन र एकरुपता ल्याउन नेतृत्व विकास गर्नुपर्ने बताए । अध्यक्ष लामाले समाजवादी पार्टी समाजका हरेक वर्ग समुदायको हित र सबैलाई समावेश गरेर नेतृत्व प्रदान गर्ने पार्टी रहेकोले देशभरी लोकप्रिय बन्दै गएको बताए । पाटी कार्यालयको स्थापनाले नेतृत्व विकासको लागि बाटो खुल्ला भएको बताउँदै अबको बहस विकास निर्माण र युवाहरुको रोजगारको पक्षमा गर्नुपर्ने बताए ।

वडा कमिटिका अध्यक्ष सरोज लामाको अध्यक्षतामा भएको पार्टी वडा कार्यालय स्थापना कार्यक्रममा नेकपा एकिकृत समाजवादी रोशी गाउँपालिका कमिटिका आर्थिक विभाग प्रमुख च्यामा लामा, सदस्य चन्द्रकुमार थोकर, समाजवादी प्रेस संगठन काभ्रेका उपाध्यक्ष ज्ञानबहादुर थोकर, प्रेस संगठन काठमाडौँका सदस्य डिग श्रेष्ठ लगायत अतिथि रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.