श्रीलंका जाने नेपाली क्रिकेट टोलीलाई बिदाई

फागुन २१, काठमाडौँ । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गर्नुभएको हो ।

मार्च ७ देखी ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका रहेको छ । सोही प्रयोजनकालागि नेपाली टिम भोली (शनिबार) बिहान श्रीलंकातर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले उत्कृष्ठ खेल प्रदर्शनकालागि शुभकामना दिनुभएको छ । क्रिकेटबाट राज्यले धेरै अपेक्षा गरेको बताउँदै मन्त्री अथकले उत्कृष्ठ नतिजा प्राप्तीमा आफु ठुक्क रहेको समेत बताउनुभयो । नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले नेपालकालागि अबको चुनौती भनेको एकदिवसिय मान्यतालाई जोगाउनु रहेको बताउनुभयो । टिम कप्तान सन्दीप लामिछाने उत्कृष्ठ प्रदर्शनकालागि तयारी राम्रो रहेको र श्रीलंकामा हुने अभ्यास खेलले थप तयारीमा मद्धत पुग्ने बताउनुभयो ।

शुक्रबार बिदाई गरीएको नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की समेटिएका छन । त्यसैगरी मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो बिक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मा समेत श्रीलंका जादैंछन । बिदाई कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह लगाएतको सहभागीता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.