आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

फागुन १९, काठमाडौं। आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार। सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।

१६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो। सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन्। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.