सत्ता गठबन्धनका नेताको बैठक जारी, राजदूत नियुक्तिबारे छलफल

फागुन १९, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी छलफल बैठकको मुख्य एजेन्डा रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । यस्तै, गठबन्धन अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा गहन छलफल हुने बताइएको छ । महाअभियोग प्रस्ताव, संसद्मा जारी अवरोध, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी छन् । सुरुवातमा सत्ता गठबन्धनमा पाँच दल रहेकामा राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ । अहिले गठबन्धनमा चार दल छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.