फागुन १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गर्नुभएको छ।
टेलिफोन वार्तामा रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा कुराकानी भएको छ। प्रधानमन्त्री देउवासँग कुराकानी भए लगत्तै ट्वीट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनीले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा कुराकानी भएको उल्लेख गर्नुभएको छ। ‘रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ’, कुराकानीपछि विदेशमन्त्री एन्टोनीले ट्वीटरमा लेख्नुभएको छ।
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022
नेपालको संसद्ले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरे लगत्तै भएको कुराकानीलाई महत्वका साथ हेरिएको छ। टेलिफोनमा आर्थिक विकास र क्षेत्रीय चुनौतीको विषयमासमेत छलफल भएको छ। एन्टोनीले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्ने ट्वीटरमा उल्लेख गर्नुभएको छ। ट्वीटरमा थप भनिएको छ,‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्नेछौँ।’

