फागुन १६, काठमाडौं । सुन्धारास्थित काठमाडौं मल अगाडी बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । बन्दकर्ताले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार (आज) बन्दको आह्वान गरेका छन् ।

