प्राध्यापक श्रीधर खत्री अमेरिकाका लागि राजदूत नियुक्त

फागुन १५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा प्रा. श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.