एमसीसीबारे निर्णय गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

फागुगन १५, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे वानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा बस्ने स्थायी कमिटी सदस्य बलराम बास्कोटाले जानकारी दिए ।

एमसीसीका केही प्रावधान संशोधन नभएसम्म पक्षमा मतदान गर्न नसकिने समाजवादीले बताउँदै आएको छ । गठबन्धन जोगाउन ब्याख्यात्मक घोषणासहित एमसीसी पास गर्नुपर्ने समाजवादीमा कुरा उठे पनि निर्णय भने भइसकेको छैन । आजको बैठकले टुङ्गो लगाउने अपेक्षा गरिएको छ । आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । त्यसअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.