फागुन १२, काठमाडौँ । युक्रेनमा सम्भावित आक्रमणले तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीहरुलाई सतर्कताका लागि आग्रह गरेको हो। मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न भन्दै अत्यावश्यक परेर त्यहाँ बस्नु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ। नेपाली दूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा बर्लिन र मस्को स्थित नेपाली दूतावासमा सम्पर्क गर्न सक्ने पनि जनाएको छ।

