फागुन ११, काठमाडौँ । नेकपा एकिकृत समाजवादी काठमाडौँ जिल्ला अध्यक्ष कुशुम कुमार कार्कीले पत्रकारिता क्षेत्रमा गहन अध्ययनको खाँचो रहेको बताएका छन् ।
वुधबार जिल्ला पार्टी कार्यालयमा पत्रकारहरुलाई बधाई तथा शुभकामना आयोजना गर्दै अध्यक्ष कार्कीले सो कुरा बताएका हुन् । समाजवादी प्रेस संगठन नेपाल काठमाडौँ जिल्लाको प्रथम भेलाबाट भरखरै गठित शाखा कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिदै अध्यक्ष कार्की पत्रकारितामा अध्ययनकोे खाँचो रहेको औल्याए ।

हरेक पत्रकारले गहिराईमा गएर सत्यतथ्य विचारलाई बाहिर ल्याउनुपर्ने बताउँदै समाजवादी प्रेस संगठनका पत्रकारहरु समाजका मेरुदण्डको रुपमा काम गर्नुपर्ने बताए । पत्रकारिता पेसा मर्यादित र इमन्दार बन्न सके देशले काँचुली फेर्न समय नलाग्ने उनले बताए । पत्रकारिता मार्फत देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई परिवर्तन गर्न संस्कारको विकास गर्नुपर्ने बताए ।

सो बधाई तथा शुभकामना कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख नवराज अर्याल, जिल्ला सदस्य एवम् संगठन विभाग सचिव कृतु भण्डारी लगायत समाजवादी प्रेस संगठनका पदाधिकारीहरु सहभागी रहेका थिए ।

