वरिष्ठ कलाकार जयनन्द लामाकाे निधन

फागुन ११, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्। उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन्। उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन्।

सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दर्जनौं चलचित्रमा अभिनय गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.