लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय

काठमाडाैं- सामान्यतया  रक्तचाप १२०/८० हुनुपर्छ। तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ।
लक्षण 
– थकान लाग्ने

–  कमजोरी महसुष हुने

–  चक्कर आउँने

–  दृष्टि धमिलो हुने

–  छालामा पहेंलोपन देखिने

–  शरीर चिसो हुने

–  धेरै तिर्खा लाग्ने

–   छिटो छिटो सास बढ्ने

समाधान
कम रक्तचाप शरीरमा पोषण को कमी को एक साइड इफेक्ट हो।
शरीरमा पानीको कमी हुन नदिनुहोस्। निर्जलीकरणले रक्तचाप पनि कम गर्छ। दिनमा कम्तीमा ७-८ गिलास पानी पिउनु जरुरी छ।

सामान्यभन्दा बढी नुनिलो खानेकुरा खानुहोस् । नुनमा पाइने सोडियम तत्वले रक्तचाप बढाउँछ । तर, अत्यधिक नुन सेवन गर्न भने हुँदैन।

अदुवा, कागती र नुन मिसाएर बनाइएको मिश्रण दैनिक सेवन गरेर रक्तचाप बढाउन सकिन्छ।

नियमित गाँजर खाँदा पनि रक्तचाप बढ्छ । त्यस्तै, खजुरको सेवनले समेत रक्तचाप नियन्त्रण हुन्छ

अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ। यसले कम रक्तचापको समस्या न्यूनीकरण गर्न सहयोग गर्छ। त्यस्तै, स्याउ, केरा, खरबुजा आदिजस्ता फलफूल खाँदा रक्तचाप लो हुनबाट बच्न सकिन्छ।

कफी, हट चकलेट र क्याफाइनजस्ता तत्व पाइने वस्तु खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ।
तुलसीको पात पनि रक्तचापका लागि उपयोगी छ।

यसमा पाइने भिटामिन सी, एसिड र पोटासियम तत्वका कारण रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.