सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीद्वारा एमसीसी संसद्मा प्रस्तुत

फागुन ८, काठमाडौं । लामो समयको खिचातानीपछि अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदको अवरोधबीच एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गरिएको हो ।

यसअघि, आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसी टेबल गर्ने निर्णय भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.