आज एमसीसी टेबल हुने, बानेश्वर–माइतीघरको सुरक्षा कडा

फागुन ८, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गर्ने सहमति जुटेको छ ।

सोही विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका सडकमा आज मात्रै दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । नयाँ बानेश्वर, बबरमहल, माइतीघरमा सुरक्षाकर्मी बढी खटाइएका छन् । नयाँ बानेश्वर क्षेत्रमा मात्रै एक हजारको संख्यामा प्रहरी खटाउने तयारी छ । आज एमसीसीको विरोधमा विभिन्न संघ–संगठनहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । गएको बुधबार र शुक्रबार पनि सत्तासाझेदार दलकै कतिपय नेता–कार्यकर्ता एमसीसीविरुद्ध सडकमा उत्रिएका थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.