अमेरिकाले हिंसा वा हिंसा भड्काउने विचार स्वीकार्दैन : राजदूत बेरी

फागुन ६, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले अमेरिकाले हिंसा वा हिंसा भड्काउने विचार नस्वीकार्ने बताउनुभएको छ ।

शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको विषयमा पनि आफूहरूको धारणा त्यही भएको बताउनुभयो । एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने उहाँको भनाइ छ ।

आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ ट्वीट सन्देशमा उहाँले भन्नुभएको छ । तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने उहाँको तर्क छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.