थारु आयोगको प्रतिवेदन संसद्‍मा पेश : अर्को बैठक फागुन ६ गते

फागुन ५, काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधबीच उक्त प्रतिवेदन पेश भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.