जबरजस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न कांग्रेसलाई नेता खनालको चेतावनी

फागुन ४, काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ ।

खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो¥याउनुभयो । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो सम्झौंतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क समेत गर्नुभयो ।

त्यस्तै, खनालले यथास्थितिमा एमसीसी संसदमा टेवल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पार्नुभयो । खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.