एमसीसी सहमति नभइ टेबल भए सरकारबाट बाहिरिने माओवादीको निर्णय

फागुन ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । प्रतिनिधिसभाको बैठक अघि माओवादीले संसदीय दलको बैठक राखेको हो । सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको बैठकले एमसीसी सम्झौता बैठकमा पेश भएको खण्डमा के गर्ने भन्ने निर्णय पनि गर्ने बुझिएको छ ।

संसदीय दलको बैठकबाट हुने निर्णय अनुसार नै माओवादी कार्यब्यवस्था परामर्श समितिको बैठकमा पनि प्रस्तुत हुने बताइएको छ । त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रस्तावको सम्बन्धमा पनि माओवादीले रणनीति तय गर्ने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.