प्रदेश स्थापना दिवस : गण्डकीमा आज सार्वजनिक बिदा

फागुन ४, काठमाडौं । गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकार स्थापना दिवसका अवसरमा सरकारले बिदा दिएको हो ।

“गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८÷११÷ ३ गते बसेको बैठकको निर्णयानुसार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा २०७८ साल फागुन ४ गते बुधबारका दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ÷संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्वारा मंगलबार जारी सूचनामा भनिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.