फागुन ३, काठमाडौं । दाङको लमही नगरपालिका–५, रातोडाँडाबाट एकथान चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–५, महसेनीखोला बस्ने ४३ वर्षीय राजकुमार पुन र तुलसीपुर उपमहानगरपालिका–११, बेलगडारी बस्ने २६ वर्षीय कृष्ण चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुरूमा हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त छालासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

