शिक्षामन्त्रीले भने– ‘हामी विद्यालय नक्सांकनको तयारीमा छौं’

फागुन २, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताउनुभएको छ ।

आइतबार खबर एजुकेशन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताउनुभयो । देशभरका सार्वजनिक विद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइन मार्फत हेरि आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतका शीर्षकमा बजेट छुट्याउन सकिने बताउनुभयो । ‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेभसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउने गरी मन्त्रालयले तयारी गरेको छ, ’मन्त्री पौडेलले भन्नुभयो, ‘कुन जिल्लाको कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेभसाइटमा हेरेर थाहा हुन्छ ।’

मन्त्रालयमा आउने सबैले सार्वजनिक शिक्षा सुधारको कुरा नगर्ने बताउँदै अधिकार प्राप्तिको कुरा लिएर आउने गरेको बताउनुभयो । विद्यालय राम्रो बनाउन प्रध्यानध्यापक नै सक्रिय हुनुपर्ने बताउँदै व्यवस्थापन समितिको समन्वयमा विद्यालय नमुना बनाउन सकिने तर्क गर्नुभयो । उहाँले आवश्यक १८ हजार शिक्षकको विज्ञापन भएर परीक्षाको चरणमा रहेको उल्लेख गर्नुभयो ।७५३ स्थानीय पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने काम भइरहेको बताउँदै भएकालाई नियमन गरी थप व्यवस्थित गरिने बताउनुभयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.