प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउन पत्रकार महासंघको माग

भदौ १, काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रताविरोधि प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शुक्रबारबाट लागू गरिएको नयाँ मुलुकी ऐनका २ सय भन्दा बढि प्रावधान प्रेस स्वतन्त्रताविरोधि रहेको उल्लेख गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् । उनले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान संविधान र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित आएको दावी गर्दै तत्काल नसच्याई महासंघ सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए । अध्यक्ष आचार्यले ऐनका सकारात्मक पक्षलाई आफूहरुले विरोध नगरेको पनि स्पष्ट पार्नु भयो । तर प्रेसविरोध प्रावधान भने हटाउन ढिलाई नगर्न पनि सरकारलाई दवाव दिए ।  शुक्रबार काठमाडौंमा आयोजित ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले विद्युतीय कारोबार ऐनको मारमा परेका पत्रकारहरुलाई सरकारले थप पीडा दिने प्रावधानसहित नयाँ मुलुकी ऐन ल्याएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले ‘सरकारले ल्याएको नयाँ मुलुकी ऐन मिडियाको हकमा आकर्षित नहुने’ प्रावधान राख्न सरकारसँग माग गरे । पूर्वअध्यक्ष आचार्यले सार्वजनिक पदधारण गरेका व्यक्तिले गरेका कामको आशय तलमाथि नहुने गरी व्यंग्य गर्ने अधिकार पत्रकारहरुलाई रहनेतर्फ पनि सरकारलाई सचेत गराए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.