प्रचण्ड र नेपालबीच भेटवार्ता

माघ २६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

नेपाल प्रचण्डलाई भेट्न बुधबार बिहान उहाँको निवास खुमलटार पुग्नु भएको हो । दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीका बारेमा सत्तारुढ दलमै एकमत हुन सकेको छैन । एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा आजका लागि बोलाइएको संसद बैठक नै स्थगित गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.