वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, अबस्था सामान्य

माघ २५, काठमाडौँ । शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । १०२ वर्षीय जोशीको शरीरमा अक्सिजन कमी भएपछि अस्पताल भर्ना गरिएको हो ।

सास फेर्न गाह्रो भएपछि सोमबार राति उहाँलाई ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना गरिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र अब एक÷ दुई दिनको उपचारपछि डिस्चार्ज गरिने जोशीका आफन्तले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.