भदौ १, काठमाडौं । नेकपा प्रवक्ता खड्कबहादुर विक प्रकाण्ड रिहा भएको केही मिनेटमै फेरि पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका प्रकाण्ड अदालत परिषरबाटै पुनः पक्राउ परेका हुन् ।
छोरा नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि रिहा भएका प्रकाण्डलाई महानगरीय प्रहरी परिसरले सर्वोच्च बाहिरबाट फेरि पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।
प्रकाण्डलाई काभ्रेमा रहेको टावरमा आगजनी गरेको अभियोगमा पक्राउ गरेको डिएसपी थापाले बताए । साउन २३ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो।