नेपालकै पहिलो ‘अण्डरपास रोड’ आजबाट सञ्चालनमा

भदौ १, काठमाडौं । राजधानीको कलंकीमा निर्मित (भूमिगत मार्ग) आजबाट सञ्चालनमा आएको छ ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले आज दिउसोबाट सडक संचालनमा आएको जानकारी दिए । उनले अझै केही काम बाँकी रहेकाले फेरि केही समय बन्द गरिने जानकारी दिए । २०७२ सालमा सुरु भएको ‘अण्डरपास’ निर्माणको काम २ वर्षमा सम्पन्न भएको हो । यो मार्ग संचालन भएसंगै अब कलंकीमा जाम नहुने आयोजनाले जनाएको छ ।

अत्यधिक सवारी चाप भएको बेलामा मात्रै जाम हुन् सक्ने आयोजनाको आंकलन छ । अब बल्खुबाट स्वयम्भु र स्वयम्भुबाट बल्खु चल्ने सवारीहरु यो मार्ग भएर चल्नेछन ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.