माघ २३, काठमाडौं । बिहानैबाट आज मौसम सफा रहेको छ । काठमाडौंमा घाम लागेको छ । बिहान ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा साँझपख सामान्य बदली हुनेछ । आज देशभरको मौसम सफा हुने वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
उनका अनुसार भोलि भने केही क्षेत्रमा बदली हुनेछ । पूर्वी र पश्चिम नेपालमा केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको सापकोटा बताउँछन् । पहाडी र हिमाली क्षेत्रमा केही बदली भए पनि तराईमा भने मौसम भोलि पनि सफा रहनेछ ।

