विश्व क्यान्सर दिवस : यी हुन् क्यान्सका मुख्य कारक तत्व

माघ २१, काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस ‘क्लोज द केयर ग्याप’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दैछ चुनौती, क्यान्सरको पहुँच बढाऔं स्याहारको’ नारा तय गरेको छ ।

क्यान्सर विश्वभर हुने मृत्युका प्रमुख ५ मध्ये एक कारण पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा विश्वभर लगभग २ करोड मानिसमा क्यान्सर देखिएको छ भने क्यान्सरकै कारण १ करोडको मृत्यु भएको छ । नेपाल सरकारले क्यान्सर रोगको रोकथाम र उपचारमा पहुँच बढाउन सम्बन्धित निकायहरुमा प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ ।

कसरी हुन्छ क्यान्सर ?
शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ । यस्ता ट्युमर दुई प्रकारका हुन्छन्स् घातक र नम्र प्रवृत्तिका । घातक प्रवृतिका ट्युमर शरीरमा अस्वभाविक रुपमा वृद्धि हुन्छ र यो ट्युमर शरीरको जुन भागमा आएको हो त्यहाँबाट अन्य भागमा फैलिँदै जान्छ । यही घातक ट्युमरलाई क्यान्सर भनिन्छ । त्यस्तै नम्र प्रवृतिको ट्युमरले सामान्यतः हानी गर्दैन र यो शरीरका अन्य भागमा फैलिँदैन जान्छ ।
यी हुन् क्यान्सरका कारक तत्वहरु
धुमपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन
जीवाणु तथा बिषाणुका कारण
वंशाणुगत कारण
विकिरणको प्रभाव
अस्वस्थकर आहार
वातावरणीय प्रदूषण

कसरी बच्ने ?
धुमपान, मद्यपान तथा कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने
सन्तुलित भोजन गर्ने
शरीरिक व्यायाम नियमित गर्ने
नियमित स्वास्थ्य परीक्षण गर्ने

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.