सशिशेखर घिमिरे,
भदौ १, काभ्रे । काभ्रे भुम्लुमा पहिरोले क्षति पुराएको झण्डै महिना दिन पुग्दा समेत पीडितले उतिसारो सहयोग पाउन सकेका छैनन् । जस्का कारण उनिहरुको पीडा झनै चुलिँदो छ ।
भौगोलिक दूरी सिंहदरवारवाट त्यति टाढा थिएन् । राज्य पुनरसंरचनाको नयाँ खाँकाले प्रदेश नंम्वर ३ को दर्जा दिएको थियो । आम नेपालीको सपना बनेको काठमाडौबाट उति टाढा ‘नभएरै पनि गुमनाम सापिङ भौगोलिक परिवेशका कारण काभ्रे भित्रै हराएको भान पथ्यो । स्थानीयकै शव्द सापट लिएर भन्दा काठमाडौंबाट छुटेको गाडी लगभग ३ घण्टाको मोटरवाटोपछि आफनो थातथलो पुग्थ्यो । गाँउलेहरु पाखा पखेरा खनिख्रोसी जिएकै थिए । साथमा थियो हेरेर नसकिने गरिवीको पहाड वषौैदेखि । त्यस वावजुद पनि असारमा मानो रोपेर मुरीको आशामा अनि पाखैभरि मकै लहलह झुलेकै थिए । यही सुन्दर र सुखि वस्तीमा अचानक असार २२ गते नचिताएको पीडा थपियो । झरीका कारण वस्ती मास्तिरको पाखो बग्यो, घर पुरियो । बलियावाँगा ज्यान जोगाउदै भागे । किलामा वाधिएका वस्तुभाउलाई आँखै अघिल्तीर पुरियो । मानवीय क्षति उति नभएपनि धेरैले वर्षौदेखि बस्दै आएका आफनो प्यारो घर गुमाए ।
हुन त विकासको गुलियो सपना बाँडेर नथाक्ने नेता कार्यकर्ताको लाग सापिङ र रिठ्ठे शाही छापको दलित वस्तीको पीडा चराउने घाउ बन्छ बन्दैन, तर घर नहुनुको पीडाले दुखीत अनि कुनवेला भत्कने हो भनेर त्रसीत हरको व्यथा सुनि साध्य थिएन । साउन ३१ गते त्यही पहिरो पीडितको व्यथा र कथा वुझन् अन्र्तराष्ट्रिय विमानस्थलवाट एअर डाईनेष्ट्रिको एउटा हेलिकप्टर भुम्लुको लागी उड्यो । दूरीको हिसावले जम्मा ९ मिनेट भएपनि देशकै भूगोल भित्र कता कता हराईरहेको भुल्मुको रिठ्ठे र सापिङ खोज्न अग्ला पहाडवीच २५ वर्षिय लक्का क्यापटेनलाई पनि धौ धौ परिरहेको थियो ।
हेलिले मुलुक वाहिर वसेर देशको विकासको लागि केहि गर्न चाहाने गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टलार्इ त बोकेकै थियो, साथमा थिए एनआरएन अमेरिका अध्यक्ष डाक्टर केशव पौडेल, काँग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्य,अनि काभ्रेकै काँग्रेस स्थानीय नेता तस्वीर लामा । यहि टोलीले भुम्लु पहिरो पीडितको व्यथा वुझ्यो, घर हेरियो अनि छ्ट्टिै आफूहरुले सक्ने सहयोग गर्ने वाचा पीडितकै अघि गरे।