समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ जिल्ला स्तरीय भेला हुँदै

माघ २१, काठमाडौँ । नेकपा एकिकृत समाजवादीका भातृ संगठन समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ जिल्ला स्तरीय प्रथम भेला हुने भएको छ ।

शनिवार (भोली) काठमाडौँ स्थित नयाँ बानेश्वरको जनता डबलीमा हुने उक्त भेलमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख अतिथि रहने आयोजकले बताएको छ । कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, काठमाडौँ जिल्ला पार्टी अध्यक्ष कुशुम कार्की लगायत संगठनका केन्द्रीय पदाधिकारीहरुको विशेष उपस्थितिमा रहने बताएको छ ।

प्रेस संगठन नेपालको फागुन ७ गते काठमाडौँमा सम्पन्न हुने राष्ट्रिय भेलालाई लक्षित गरी जिल्ला स्तरीय संगठन विस्तार गरिएको आयोजकले बताएको छ । पार्टीलाई थप व्यवस्थित र मजबुद बनाउन सञ्चार क्षेत्रबाट गर्नुपर्ने भूमिकालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकारहरुको हकहितको पक्षमा आवाज मजबुद बनाउन समाजवादी प्रेस संगठनले संगठन विस्तार कार्यलाई तिब्र रुप दिएको बताएको छ । शनिवार हुने भेलाले ३१ सदस्य रहने गरी काठमाडौँ जिल्ला कमिटि निर्माण गरिने बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.