कार्यदलको अध्ययनपछि मात्रै एमसीसी अघि बढ्छ : वेदुराम भुसाल

माघ १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको कार्यक्रममा भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेद कार्यदलको निष्कर्षपछि समाप्त हुने बताउनुभयो ।

स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको उहाँको भनाई छ । एमसीसी बारेका ९ वटा दस्ताबेजको बारेमा कार्यदलले गम्भीर अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विदेशी सहायताको क्षेत्रमा मुलुकले र नेतृत्वले राष्ट्रिय हीत अनुकुल छ वा छैन भन्ने सुक्ष्म विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो । एमसीसीलाई संसदले गम्भीर अध्ययन गरेर अघि बढ्न सके देशको हित हुने उहाँको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.