नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशकमा सुरेश श्रेष्ठ

माघ १८, काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ ।

नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएका थिए । उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो ।

तर, छानविन समितिले ठेक्का प्रकृया गलत रहेको निष्कर्षसहितको प्रतिवेदन दिएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया भने अगाडी बढेको छैन । पर्यटन मन्त्री प्रेमबहादुर आलेले ठेक्का प्रकृयामा दोषी पाइए कारबाही गर्ने बताउँदै आउनु भएको छ । तर, प्रतिवेदन अनुसार कारबाही प्रक्रिया भने अघि बढेको छैन । उता, पशुपति धर्मशालाको ठेक्का सम्झौता पनि रद्द नभएको पाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.