काठमाडौं उपत्यकामा थपिए १,७२९ संक्रमित

माघ १७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७२९ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ३६८, भक्तपुरमा ९० र ललितपुरमा २७१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार ४०७ पुगेको छ । देशभर आज ७७ हजार ६६५ जना होम आइसोलेसनमा र एक हजार ६०७ जना संस्थागत आइसोलेसनमा, २८८ जना आईसीयूमा र ५० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.