उत्पादन जनशक्तिलाई ‘लिडिङ’ गर्ने सिटीईभिटीले हो: शिक्षामन्त्री

माघ १७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताउनुभएको छ ।
आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिनुभयो ।
‘ऐन, नियमावली र नितिमा समस्या छन् भने बुँदागत रुपमा ल्याउनुस् समाधान गरौं’ मन्त्री पौडेलले भन्नुभयो, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनप¥यो ।’
१० औं वर्षदेखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिनुभयो । अब नयाँ बजेट बन्ने प्रक्रिया शुरु हुन लागेको भन्दै मन्त्री पौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गर्नुभयो ।
‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदैछ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘संस्थाका आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस्’
मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रुपले काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोही क्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालले पारर्दशीता र सुसासनमा छुट नहुने भन्दै नियमविपरित भए मन्त्रालयले दण्डित गर्ने बताउनुभयो ।
‘मन्त्रालयले कर्मचारी र संस्थाको हित हुने गरी ऐन बनाउँछ,’ उहाँले भन्नुभयो, ‘मन्त्रालय कर्मचारीको अभिभावक हो पारर्दशीता र सुशासनमा प्रतिबद्ध हुनुहोस् ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.