माघ १६, काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ साविक तसर्पु गाविसको वडा नम्बर ९ को पोखरीचौरमा गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ ।
विहिबार गौतम बुद्ध पार्कको एक कार्यक्रमका विच संघिय सासद भूमि त्रिपाठीले अनावरण गरेका हुन् । उक्त बुद्धको मूर्तिमा आचार्य छेवाङ रिग्जेन तामाङद्वारा प्राण प्रतिष्ठा एवम् राब्ने पछि मूर्तिको अनावरण भएका हुन् ।

पर्यटकीय सम्भावना रहेको पोखरीचौरमा केन्दिय सरकार संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चन्द्रगिरी शक्तीखोर पदमार्ग क्षेत्रमा एकिकृत पर्यटन पूर्वाधार निर्माण अन्र्तगत बागमती प्रदेश सरकारको संसद अनुदानमा डिभिजन वन कार्यालय धादिङबाट प्राप्त नगद रु. १० लाख लागतमा समुदायले गौतम बुद्ध पार्कको निर्माण गरिएको उपाभोक्ता समितिका अध्यक्ष आइत कुमार तामाङले जानकारी दिए ।

पोखरीचौरको पर्यटन विकासका लागि केन्दिय सरकारबाट आगामी दिनमा समेत बजेटको व्यवस्थापन गर्ने संघिय सांसद त्रिपाठीले बताए । त्यसै गरी पोखरीचौर होमस्टे पूर्वाधार अन्र्तगत सामुदायिक भवनको समेत समुद्घाटन गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद त्रिपाठीको सिफारिसमा आर्थिक वर्ष २०७७÷०७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत विनियोजित बजेट रु. १० लाखको लगातमा थाक्रे गाउँपालिका र स्थानीय उपभोक्ता समितिद्धारा निर्माण सम्पन्न गरिएको सामुदायिक भवनको निर्माण सम्पन्न प्रश्चात उद्घाटन गरीएको हो । त्यसै गरी बागमती प्रदेश उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयद्धारा आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेट रु. १० लाखको लागतमा पोखरीचौर होमस्टे क्षेत्रमा पार्क निर्माण परियोजना डिभिजन बन कार्यालय धादिङ र स्थानीय उपभोक्ता समितिद्धारा निर्माण गरिने पार्कको संघिय सांसद त्रिपाठीले शिलान्यास गरेका थिए । पोखरीचौर अहिले ५ वटा घरमा २० जना बास बस्न मिल्न होमस्टे सञ्चाल आएको स्थानीय सन्तमान तामाङले बताए ।

कार्यक्रममा संघिय सांसद भूमि त्रिपाठी,जिल्ला समन्वय समितिका धादिङका प्रमुख जगन्नाथ नेपाल, थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, जिल्ला समन्वय समितिका धादिङका सदस्य उर्मिला रेग्मी,फियान नेपालका अध्यक्ष तथा सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, नेकपा एमाले थाक्रेका अध्यक्ष कृष्ण पन्त,एमाले बागमती प्रदेश कमिटि सदस्य इन्द्र तामाङ, एमाले धादिङका जिल्ला कमिटि सदस्य अरुण लामा लगायत स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो ।

