माघ १५, काठमाडौं । पछिल्लो २४ घण्टामा १४ हजार ५६२ जनामा परीक्षण गर्दा ४ हजार ९०४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
१० हजार १०१ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ३१८ जनामा र ४ हजार ४६१ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९।५प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७०५ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ८७ हजार ३२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

