मोरिससविरुद्ध नेपालको जित

माघ १५, काठमाडौँ । घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा मोरिससविरुद्ध नेपाल १–० ले विजयी भएको छ। नेपालका लागि विमल घर्तीमगरले खेलको ५४ मिनेटमा निर्णायक गोल गर्नुभयो।

शनिबार दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेको मोरिससविरुद्ध अन्जन विष्टको पासमा विमलले गोल गर्नुभएको हो। २६ महिनापछि राष्ट्रिय टिममा फर्किनुभएका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्नुभएको हो। सन् २०१९ नोभेम्बरमा म्यानमारविरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेल्नु भएका विमल प्रतिबन्ध र चोटका कारण दुई वर्ष टिम बाहिर हुनुहुन्थ्यो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.