ग्रामीण स्वास्थ्य चौकीहरुलाई सिटामोल वितरण गर्दै राष्ट्रिय आविस्कार केन्द्र

माघ १३, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले ग्रामीण स्वास्थ्य चौकीहरुलाई सिटामोल निःशुल्क वितरण सुरु गरेको छ । केन्द्रले प्रतिस्वास्थ्य चौकी बढीमा ३ हजार ट्याब्लेटसम्म उपलब्ध गाउने जनाएको छ ।

तत्काल देखिएको सिटामोल अभावको अवस्था सहज नहुँदासम्मका लागि अभियान सञ्चालन गरिने केन्द्रका अध्यक्ष महावीर पुनले बताए । “हामीसँग धेरै मौज्दात त छैन तर पनि सम्पर्क गरे अनुसार अभाव भएका स्वास्थ्य चौकीहरुमा कमसेकम ३ हजार ट्याब्लेटसम्म सिटामोल दिने प्रयास गरेका छौं” पुनले भने । अभियान अन्तरगत सातै प्रदेशमा वितरणको व्यवस्था मिलाइएको पुनले जानकारी दिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.