एजेन्सी । जेनिट सेन्ट पिटरसबर्गले युरोप लिगमा ३३ बर्ष पुरानो इतिहासलाई तोडेको छ । पिटरसबर्गले डिनामो मिन्स्कलाई पहिलो र दोस्रो लेग गरी ८–५ गोलको अन्तरले पराजित गरेको हो । पहिलो लेगमा ४–० गोलको पराजय भोगेको पिटरसबर्गले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो लेगमा ८–१ गोलअन्तरले डिनामोलाई पराजित गर्दै समग्रमा ८–५ गोलको जित निकालेको हो ।
पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटरसबर्गले गोलको वर्षा नै ग¥यो । पहिलो हाफमा १–० गोलले अघि रहेको पिटरसबर्गले दोस्रो हाफ र थप गरिएको अतिरिक्त समयमा ७ गोल गर्न सफल भयो । पिटरसबर्गले खेलको २२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो ।
पिटरसबर्गका लागि आर्टिम ज्युबाले ह्याट्रिक गोल गरे । उनले खेलको ७५, ७८ र ११५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै, पिटरसबर्गले ६६ र १०९ औं मिनेटमा गोल गरेको थियो भने थप गरिएको अतिरिक्त समयको अन्तिम समयमा २ गोल गर्न सफल भएको थियो । यता, डिनामोले भने खेलको ९९औं मिनेटमा एक गोल मात्र फर्काउन सफल भएको थियो ।