राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान

माघ १३, काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबारका लागि आह्वान भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागबारे सरकार र संघीय संसद् सचिवालयले ठोस निर्णय गर्न नसक्दा संघीय संसदका दुबै सदनका बैठक पेण्डुलम बनेका छन्।

प्रतिनिधि सभाको बैठक पनि सहज बन्न सकेको छैन। सूचना टाँसेर बारम्बार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक माघ १६ गते आइतबारका लागि बोलाइएको छ। सरकारले एजेण्डा दिन नसकेको र एमालेको अवरोधसमेत कायम रहेपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। गत माघ ३ गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो।

संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले बिहीबार एक सूचना निकाल्दै राष्ट्रिय सभाको बैठक आगामी सोमबार दिनको एक बजेका लागि आह्वान भएको जानकारी दिए। एमालेको माग सम्बोधन सम्बन्धमा कुनै सहमति हुन नसकेपछि राष्ट्रिय सभाको आगामी बैठकसमेत बस्ने नबस्ने अन्योल कायमै छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.