राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली विरुद्ध अख्तियारमा उजुरी

माघ ४, काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उजुरी परेको छ ।

अध्यक्ष पराजुलीले करोडौँ रकम अनिमियतता गरेको आरोपमा उनलाई कारवाहीको माग गर्दै  सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष तथा पत्रकार भीम लामाले निवेदन पेश गरेको छ । उनी विरुद्ध गत ०७८ असोज ११ गते नै उजुरी दर्ता भएको हो । उक्त निवेदन उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कारबाही प्रक्रिया अगाडी नबढाएको भन्दै पुनः सूचना माग गरेको उल्लेख गर्दै दर्ता शाखाका कर्मचारीकै लापरवाहीले गलत दर्ता नं. दिएकोले उजुरी फेला नपरेको जावाफ आएको लामाले बताए ।

उजुरी फाईलको बारेमा पुनः सूचना माग गर्दा उक्त फाईल उपर कारबाही प्रक्रिया बढाउँदै छ भन्ने जावाफ आएपनि करोडौँ रकम हिनामिना गरी राज्यकै विशिष्ठ श्रेणीको सेवा सुविधासहित गाडीमा हिडेकी अध्यक्ष कमला पराजुलीको विषयमा कुनै चासो देखिदैन् । तीन पटकको सूचना मागपछि उक्त फाईल अधिकृतको टेवलमा पुगेको सूचना शाखाका एक कर्मचारीले जानकारी दिए । पराजुली पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारले  आयोगमा नियुक्ति भएकी हुन् ।

पराजुलीले काठमाडौँ शंकरापुर नगरपालिका वडा नंं ९ स्थित इद्रायणी भन्ने ठाउँमा नेपाल सरकारले उपलब्ध गराएको २० रोपनी जग्गामा संकल्प नेपाल नामक संस्था मार्फत जेष्ठ नागरिक गृह निर्माण गर्न आर्थिक वर्ष ०७१÷०७२ मा र पछिल्लो आर्थिक वर्ष ०७२÷०७३ मा गरि दुई पटक समाज कल्याण कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक संरक्षणणको लागि अनुदान प्राप्त गरे पनि सोही क्षेत्रमा कुनै संरचना नभएको भन्दै उक्त कार्यमा प्रत्यक्ष संलग्न र अनिमियतताको देखिएको भन्दै अख्तियारमा उजुरी हलेको पत्रकार भीम लामाले बताए ।

पराजुलीले काठमाडौँ शंकरापुर नगरपालिका वडा नंं ९ स्थित इद्रायणी भन्ने ठाउँमा नेपाल सरकारले उपलब्ध गराएको २० रोपनी जग्गामा संकल्प नेपाल नामक संस्थाले जेष्ठ नागरिक गृह निर्माण गर्न आर्थिक वर्ष ०७१÷०७२ मा रु. दुई करोड दश लाख र पछिल्लो आर्थिक वर्ष ०७२÷०७३ मा रु. तीन करोड गरि दुई पटक समाज कल्याण कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक संरक्षणणको लागि अनुदान प्राप्त गरेको मन्त्रालयको रिर्पोटमा छ । करोडौँ रकम विनियोजित भएपनि सोही क्षेत्रमा निर्माण गरेको केही भवन झाडी उम्री लथालिङ्ग अवस्थामा रहेको, भवनहरु पूरा निर्माण भई नसकेको, भवन निर्माण नसकिदै जीर्ण र भत्किन लागेको र राज्य दोहनको कार्यमा प्रत्यक्ष संलग्न देखिएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको पत्रकार भीम लामाले बताए ।

नेपाल सरकारको तलब भत्ता खाने र आफुँले जिम्मा लिएको काम सम्पन्न नगरी विभिन्न व्यक्तिहरुको मिलोमत्तोमा जेष्ठ नागरिक गृह निर्माण गर्ने भनि कागज प्रमाणहरु मिलाई नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी र स्थानीय समुदायमा समेत असर पर्ने काम गरेको अध्यक्ष पराजुलीलाई आरोप छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.