दक्षिणकालीमा १५ जना लामाद्वारा ३५ दिने छाम (गुफ) बस्ने कार्य सम्पन्न

माघ ३, काठमाडौँ । बोधिचित्त तामाङ समाजको आयोजनामा लामा गुरु चोण्डु ग्युर्मे (पेम्पा लामा) को अगुवाइमा ३५ दिने छाम (गुफा) बस्ने कार्य सम्पन्न गरेको छ ।

३५ दिन छाम (गुफा) बसेको कार्य सम्पन्न गरेको दिन पारेर गत पुस २८ गते बोधिचित्त तामाङ समाजको गुठी भवन दक्षिणकाली– १ चाल्नाखेलको चिहान डाडामा एक कार्यक्रम गरी प्रमाणपत्र समेत वितरण गरिएको छ । उक्त कार्यक्रममा लामा गुरुहरुको नेतृत्वमा झिन्सेक (भुमी पुजा) तथा वाङ अभिषेक भएको थियो ।

पूजामा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत र उपमेयर बसन्ती तामाङ (डंगोल) को उपस्थितिमा लामा गुरुहरुलाई  दान दक्षिणा दिनुभएको थियो । दक्षिणकाली चाल्नाखेलका स्थानीय बासिन्दा एवं गुठियारहरुको बाक्लो उपस्थिति ३५ दिन तपस्यामा बस्नुभएका लामाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

३५ दिनसम्मा गुफामै बसेर ध्यान, जप तथा अध्ययन गरेका लामाहरु

राम चन्द्र लामा,

ङवाङ छ्योइफेल,

पेमा सिंतान,

कुन्साङ लामा थोकर,

पद्म लामा, भिम रत्न,

भिमरत्न रुम्बा लामा,

मनोज सिं लामा,

दावा रत्न लामा,

प्रेम बहादुर सिंतान (ललितपुर),

जय लामा लो,

प्रेम बहादुर थिङ (काभ्रे),

कर्म लामा,

छुल्ठिम ग्यछो थोकर,

सुरेन्द्र लामा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.