माघ ३, काठमाडौँ । बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले स्पा व्यवसाय पर्यटनसंग गाँसिएको विषय भएकोले व्यवस्थित र मर्यादित तरिकाले सञ्चालनमा ल्याउनेपर्ने बताएका छन् ।
अइताबार स्पा संघ नेपालको प्रथम बार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्पा तथा मसाजलाई शरिर फूर्तिलो र स्वस्थ राख्ने अस्पतालको रुपमा लिनुपर्ने बताएका छन् । स्पाको नाममा विभिन्न गलत क्रियकलापहरु हुने गरेको गुणासो आईरहेको बेला व्यवसायीहरुको छाता संगठन स्पा संघ नेपालले आफ्नो जिम्मेवारीलाई बहन गर्दै अगाडी बढ्न शुभकामना व्यक्त गरे ।

मन्त्री श्रेष्ठले स्पा तथा थेरापी व्यवसायमार्फत पर्यटन क्षेत्रको प्रर्वद्धनमा समेत टेवा पु¥याउनुको साथै रोजगार सिर्जना गरि आर्थिक वृद्धिमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले स्पा व्यवसायीहरु मर्यादित र व्यवस्थित बनाउन करको दयरामा ल्याउन सम्बन्धित क्षेत्रहरुमा पहल गरिने बताए । साथै मन्त्री श्रेष्ठले स्पा व्यवसायहरुमाझ आईपर्ने व्यवहारिक समस्याहरुको समाधान गर्न आफ्नो क्षेत्रबाट सहयोग गरिने प्रतिवद्धतता गरे ।

त्यस्तै प्रथम साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्पा संघ नेपालका अध्यक्ष शुभलाल थिङले स्थापनाकालको एक वर्षमै उपलब्धीमूलक काम गरेको बताएका छन् । प्रस्तुत प्रतिवेदनमा स्पा क्षेत्रलाई एकजुट गरेर पेसा र व्यवसायीलाई मर्यादित बनाउन महत्वपूर्ण कार्य गरेको बताए । स्पा क्षेत्रमा बढ्दै गएको विकृति र विसंगतीहरुलाई चिर्दै बलियो र छाता संगठनको रुपमा स्थापना भएको बताउँदै संघकै पहलमा स्पा थेरापी सिटिभिटि पाठ्यक्रममा बनाउन सफल भएको बताए ।

कोभिड संक्रमणले समग्र व्यवसायहरुलाई संकट बनाएको बेला स्पा संघले थप मजबुद र व्यवस्थित बनाउन दक्ष जनशक्ति उत्पादन संगै रोजगार सिर्जना गर्न पाठ्यक्रमलाई अनुमोदन गर्न सफल भएको बताए । अध्यक्ष थिङले स्पा संघको समन्वयमा तयार भएको पाठ्यक्रमानुसार सञ्चालन गरिने र वेरोजगार युवाहरुको गन्तव्यको रुपमा विकास हुने अपेक्षा गरे । उनले स्पा संघको परिकल्पना गरेको १० वर्षपछि अध्ययन र विभिन्न विधिमार्फत स्पा तथा थेरापी सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निभाउँदै आएको बताए ।

संघमा आवद्ध हुन सबै स्पा व्यवसायीहरुलाई आह्वन गर्दै संघभित्र रहेका सदस्यहरुको व्यवसायिक सुरक्षा, हकहित र अधिकारका लागि आवाज उठाउने प्रतिवद्धतता गरे । अध्यक्ष शुभलाल थिङले आफ्नो संघले उपत्यकाभित्र मात्र नभई देशभरी रहेका स्पा व्यवसायीहरुको हकहिकतका पक्षमा कार्यक्रम सञ्चालन गरिने बताए ।
स्पा संघ नेपाल आवद्ध सञ्चालक सदस्यहरु तथा व्यवसायीहरुको सहभागीता रहेको साधारणसभाबाट पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

