गुर्जुधारमा चक्कु प्रहारबाट युवकको मृत्यु, दुईजना पक्राउ

माघ ३, काठमाडौं। काठमाडौंको गुर्जुधारामा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं ८ गुर्जुधारमा आपसी झगडा हुँदा चक्कु प्रहारबाट रोशन रिजालको मृत्यु भएको हो।

उनी थानकोटका स्थायी बासिन्दा हुन्। एकआपसमा झगडा हुँदा रिजामाथि चक्कु प्रहार भएको र उनीमाथि चक्कु प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चक्कु प्रहारबाट घाइते रिजाललाई उपचारको लागि नजिकैको सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएकोमा उनको उपचारको क्रममा नै मृत्यु भएको थियो। रिजालको हत्या अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए।

पक्राउ पर्नेमा अनुज बस्नेत रहेका छन् भने अर्का एक जनालाई प्रहरीले धादिङबाट काठमाडौ ल्याउन लागिएको एसपी मैनालीले बताए। प्रहरीका अनुसार लागूऔषध सेवन गर्ने विषयमा विवाद हुँदा उनीहरुबीच झगडा भएको र रिजालमाथि चक्कु प्रहार भएको प्रहरीको अनुमान छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.