निर्वाचन आयोगले १७ राजनीतिक दलहरुसँग आज छलफल गर्दै

पुस २०, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज परामर्श गर्न लागेको हो ।

छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार माघ १२ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.